एकीकृत समाजवादीको केन्द्रीय परिषद्को बैठक र अधिवेशन स्थगित

एकीकृत समाजवादीको केन्द्रीय परिषद्को बैठक र अधिवेशन स्थगित

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय परिषद्को बैठक र तोकिएका सबै अधिवेशनहरु स्थगित गर्ने निर्णय गरेको छ । 

नेता जीवनराम श्रेष्ठका अनुसार केन्द्रीय सचिवालय बैठकले पूर्व निर्धारित केन्द्रीय परिषद् बैठक र अधिवेशनहरु स्थगित गर्ने निर्णय गरेको हो । मंगलबार दोस्रो दिन बसेको केन्द्रीय सचिवालयको बैठकमा पार्टीको महाधिवेशन केन्द्रीत विधान संशोधन, विधि, संरचना लगायतका बारेमा छलफल भइरहेको उनले बताए । 

सचिवालय बैठक शनिबार बस्नेगरी स्थगित भएको छ । 

‘नेकपा एकीकृत समाजवादीको माघको १४ र १५ गतेलाई राखिएको केन्द्रीय परिषद् बैठक १५ गतेपछि मात्र तिथि तोक्ने गरी हाललाई स्थगित गर्ने निर्णय भएको छ । बैठक शनिबार निरन्तर हुन्छ ।’

आजको बैठकमा पार्टीको तीन सदस्यीय मस्यौदा समितिले पेस गरेको विधानमाथि छलफल जारी रहेको उनले जानकारी दिए । ‘केन्द्रीय कमिटीको संख्या कस्तो बनाउने, निर्वाचनको विधि कस्तो गर्ने भन्ने विकल्पमा छलफल भइरहेको छ । संगठनको संरचनालाई प्रदेश, जिल्ला, निर्वाचन समन्वय कमिटी, नगर कमिटी र पालिका मातहतका कमिटीहरु छन् । त्यसमा पनि कुन संरचनाको ढाँचामा जाने, कार्यकारी कमिटी कुन–कुनलाई बनाउने, समन्वयकारी कमिटीहरु कुन–कुनलाई बनाउने भन्ने विषयमा छलफल अगाडि बढिरहेको छ,’ नेता श्रेष्ठले भने ।

Logo