मन्त्री किरातीको अभिब्यक्तिप्रति रवि लामिछानेको आपत्ति

मन्त्री किरातीको अभिब्यक्तिप्रति रवि लामिछानेको आपत्ति

केन्द्रबिन्दु
0
Shares

संस्कृति तथा पर्यटन मन्त्री सुदन किरातीको अभिब्यक्तिलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको छ। ‘क्रिश्चियन नमान्ने संविधान विरोधी हुन्’ भन्ने संस्कृति मन्त्री किरातीको अभिब्यक्तिलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको हो। 

यसैबिचमा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि मन्त्री किरातीले त्यो अभिब्यक्ति फिर्ता लिनुपर्ने तथा तत्काल पदबाट राजिनामा दिनुपर्ने बताएका छन्। 

‘संस्कृति मन्त्री सुदन किरातीको पछिल्लो अभिव्यक्ति,सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको,उत्तेजक,गैरजिम्मेवार,पदीय गरिमा बिपरीतको र अत्यन्तै  खेदजनक छ,’उनले भनेका छन्,‘यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने ब्यक्ति संस्कृति मन्त्रीजस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? प्रधानमन्त्रीज्यु, गम्भीर ध्यानाकर्षण होस्।’ 

Skip This
Skip This
Logo