राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पोखरामा मकैको खोया प्रहार भएको छ ।
शनिबार अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका सभापति लामिछानेमाथि एक युवकले खोया प्रहार गरेका हुन् । उनी बोल्दै गर्दा अगाडिबाट खोया प्रहार भएको हो । ती व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
त्यसैबीच आफूमाथि प्रहार भएको खोया देखाउँदै सभापति लामिछानेले जतिसुकै प्रहार भए पनि टाउको निहुराएर मुख छोपेर कालो सिसाभित्र लुकेर हिँड्ने नेता नभएको बताएका छन् । उनले भने ‘जतिसुकै प्रहार भए पनि, जतिसुकै संयन्त्र भए पनि, जतिसुकै घेराबन्दी भए पनि टाउको निहुराएर मुख छोपेर कालो सिसाभित्र लुकेर हिँड्ने नेता होइन । अझ ठूलो छाती पारेर खुल्लमखुल्ला हिँड्ने चाहने नेता बन्न चाहन्छु ।’





























प्रतिक्रिया