सन्त नेता भट्टराईको शताब्दी जन्म दिवस आज, सानेपामा विमर्श सभा

सन्त नेता भट्टराईको शताब्दी जन्म दिवस आज, सानेपामा विमर्श सभा

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसले सन्त नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शताब्दी जन्म दिवसको अवसरमा आज विमर्श सभा गर्दैछ। काँग्रेसले ‘आदर्शको राजनीति, विधिको शासन र किसुनजीको योगदान’ विषयक विमर्श सभा गर्न लागेको हो।

सानेपास्थित काँग्रेस मुख्यालयमा हुने सभालाई सभापति शेरबहादुर देउवासहित पार्टीका पदाधिकारीहरु र विशिष्ट व्यक्तिहरुले सम्बोधन गर्नेछन्। दिउँसो १ः१५ बजेदेखि हुने कार्यक्रममा संविधानसभा सदस्य एवम् पूर्वमन्त्री निलाम्बर आचार्य र विश्लेषक सिके लालबीच विशेष अन्तरक्रिया हुनेछ। 

सो अन्तरक्रियालाई वरिष्ठ पत्रकार नवराज लम्सालले सहजीकरण गर्नेछन्। वि.सं. १९८१ पुष ८ मा जन्मिएका भट्टराईको ०६७ फागुन २० मा निधन भएको थियो। नेपाली काँग्रेसका पूर्वसभापति उनी नेपालको पहिलो संसद्का पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनस्र्थापना पछिका पहिला प्रधानमन्त्रीसमेत हुन्। 

Logo