एमाले नेता बास्कोटाकाे टिप्पणी- ‘प्रधानमन्त्रीको सम्बोधन अयोग्यताको ढाकछोप’ [भिडियाे]

एमाले नेता बास्कोटाकाे टिप्पणी- ‘प्रधानमन्त्रीको सम्बोधन अयोग्यताको ढाकछोप’ [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले सरकारको एक वर्षबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशवासीकाे नाममा गरेको सम्बोधनलाई अयोग्यताको ढाकछोप पत्रको संज्ञा दिएका छन् । 

कुराकानीमा नेता बास्कोटाले वर्तमान गठबन्धन सरकारले बितेको एक वर्षमा एउटा पनि आशालाग्दो काम गर्न नसकेको जिकिर गर्दै प्रधानमन्त्रीले सम्बोधनमा समेटेका उपलब्धिलाई अयोग्यताकाे ढाकछोप भनेका हुन् । एमाले सरकारले गरेका काम र अहिलेको सरकारले गरेका कामको तुलना गरेर सार्वजनिक गर्न उनको चुनौती छ । सरकारले प्रतिपक्षका कुनै पनि कुरा नसुनेको असन्तुष्टि पोखेका उनले सरकारको असफलताको सम्पूर्ण जिम्मेवारी कांग्रेसले नै लिनुपर्ने तर्क गरे । 

भिडियाे- https://fb.watch/pbV2r0UCIG/

Logo