कोशी प्रदेश मन्त्रिपरिषद् बैठकः सञ्चार विधेयक पेस गर्ने निर्णय

कोशी प्रदेश मन्त्रिपरिषद् बैठकः सञ्चार विधेयक पेस गर्ने निर्णय

केन्द्रबिन्दु
0
Shares

कोशी प्रदेश मन्त्रिपरिषद्को आज साँझ भएको बैठकले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक–२०८० प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री केदार कार्कीको अध्यक्षतामा भएको  बैठकले  उक्त विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको हो । 

यसैगरी शैलजा आचार्य हृृदय रोग उपचार केन्द्र सञ्चालन कार्यविधि २०८० लाई बैठकले स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले जानकारी दिए । 

बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को प्रदेश कार्यालय र आङ्गिक शिक्षालय प्रदेश सरकारलाई हस्तान्तरण गर्न केन्द्र सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ । साथै बैठकले प्रदेश सरकारको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको पाँचौ प्रतिवेदन प्रदेशसभामा पेस गर्ने निर्णय  गरेको प्रवक्ता राईले बताए । 

Skip This
Skip This
Logo