राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन स्वेदश फर्केका छन्। साताव्यापी हङ्कङको भ्रमण पूरा गरि आज बिहान स्वदेश अध्यक्ष लिङ्देन स्वदेश फर्किएका हुन्।
पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज हङ्कङको निमन्त्रणामा सो समाजद्वारा आयोजित अधिवेशनलाई सम्बोधन गर्न अध्यक्ष लिङ्देन हङकङ पुगेका थिए।
गत पुस ७ गते हङकङ पुगेका अध्यक्ष लिङ्देनले हङकङ र मकाउमा रहेका नेपाली समुदायसंग भेटघाट, छलफल र अन्तरक्रिया गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
अध्यक्ष लिङ्देनको भ्रमण दलमा पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, पानस आइसिसिका अध्यक्ष प्रेमकुमार श्रेष्ठ र केन्द्रीय सदस्य हिक्मतजंग कार्कीको पनि सहभागिता रहेको थियो।































प्रतिक्रिया