मन्त्री ज्वाला भन्छन्- बालकुमारी घटनामा मेरो र मन्त्रालयको कुनै संलग्नता छैन [भिडियाेसहित]

मन्त्री ज्वाला भन्छन्- बालकुमारी घटनामा मेरो र मन्त्रालयको कुनै संलग्नता छैन [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शुक्रबार दुई जनाको ज्यान जानेगरी भएको बालकुमारी घटनामा आफू र आफ्नो मन्त्रालयको कुनै संलग्नता नरहेको बताएका छन् ।

ईपीएस परीक्षामा सहभागी हुन नपाएका युवाहरुले शुक्रवार दिउँसो मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए । आगजनीपछि प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले नहुनुपर्ने घटना भएको भन्दै दुःख व्यक्त गरे । ‘यो घटनामा मेरो र मेरो मन्त्रालयको कुनै सरोकार र सम्बन्ध छैन’, मन्त्री ज्वालाले भने, ‘बालकुमारी क्षेत्रमा जुन घटना भयो र हाम्रो गाडीमा समेत आगजनी भयो यसमा दुःख व्यक्त गर्छु ।’

आज नघट्नुपर्ने घटना भएको भन्दै उक्त घटनामा आफू र आफ्नो पार्टीको कुनै सम्बन्ध नभएको उनको दाबी छ ।

भिडियाे- https://fb.watch/petXzOlvUG/

बालकुमारी घटनाकाे छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन

मन्त्री ज्वालाको गाडी आगजनी घटनाः गम्भिर घाइते अर्का युवकको पनि पाटनमा मृत्यु

मन्त्रीको गाडी आगजनीः प्रहरीको गोली लागेका एक प्रदर्शनकारीको मृत्यु

बालकुमारी तनावग्रस्तः कोरिया जान नपाएका युवाहरूले जलाए मन्त्री ज्वालाको गाडी [भिडियाे]

Logo