प्रधानमन्त्री प्रचण्डले लिए बालकुमारी घटनाबारे जानकारी

प्रधानमन्त्री प्रचण्डले लिए बालकुमारी घटनाबारे जानकारी

केन्द्रबिन्दु
0
Shares

शुक्रबार दिउँसो ललिपतपुरको बालकुमारी भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग जानकारी लिएका छन् ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले घटनाको जानकारी लिएका हुन्।ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुंवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत उपस्थित थिए ।

उनीहरूले घटनाको बारेमा जानकारी गराउँदै छानबिन समितिसमेत गठन गरिएको प्रधानमन्त्रीलाई बताएका छन् । घटनापछि शुक्रबार नै प्रधानमन्त्रीले सत्यतथ्य छानबिन गर्न निर्देशन दिएका थिए। घटनाको छानबिनका लागि गृह मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ।

Logo