बालकुमारी घटनामा मन्त्रीका पिएसओ र गोली चलाउन आदेश दिनेलाई निलम्बन गरिसकेका छौंः प्रधानमन्त्री

बालकुमारी घटनामा मन्त्रीका पिएसओ र गोली चलाउन आदेश दिनेलाई निलम्बन गरिसकेका छौंः प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी क्षेत्रमा भएको घटनामा मन्त्रीका पिएसओ र गोली चलाउन आदेश दिने अधिकारीलाई निलम्बन गरिएको बताएका छन् । 

शनिबार मजदुरहरूको संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको छैटौँ राष्ट्रिय सम्मेलन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले दुई जनाको ज्यान जाने गरी भएको घटनामा गोली चलाउन आदेश दिने प्रहरी अधिकारी र घटनाको विषय परिस्थिति अड्कल गर्न नसकेकोमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका पिएसओलाई निलम्बन गरिसकेको जानकारी दिएका हुन् । 

‘हिजो घटना हुँदा म दोलखामा थिएँ । आज बिहान मात्रै बालुवाटारमा सम्बन्धित पक्षहरूलाई बोलाएर बुझेँ । मन्त्रीको पिएसओलाई निलम्बन गरिएको छ । गोली चलाउन आदेश दिने अधिकारीलाई पनि निलम्बन गरिएको छ।’ उनले भने । जसअनुसार सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशी र मन्त्री प्रकाश ज्वालाका पिएसओ प्रहरी नायब निरीक्षक (सई) बोधराज दनुवारलाई निलम्बन गरिएकाे हाे । ललितपुरका एसएसपी शिद्धिविक्रम शाहलाई प्रहरी हेडक्वार्टर र सिडिओ रूद्रप्रसाद पण्डितलाई थप सोधपुछका लागि गृह मन्त्रालय तानिएको छ।

Logo