काण्डै काण्डले झेलिएका रवि लामिछाने [भिडियाेसहित]

काण्डै काण्डले झेलिएका रवि लामिछाने [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

पूर्वसंचारकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जति आफ्नो कामका कारण चर्चामा छन्, त्यति नै उनी विवादित पनि छन् । पार्टी दर्ता गरेको छोटो समयमै, निकै चर्चा कमाएका लामिछाने विवादबाट अलग्गिन सकेका छैनन् । लामिछानेलाई नेपाली सञ्चार र राजनीतिक जगतमा अत्याधिक प्रशंसा र आलोचना दुवै कमाएका पात्रको रुपमा लिन सकिन्छ । तर, दुवै क्षेत्र निकै उतारचढावपूर्ण छ ।

कहिले सहकर्मी, शालिकराम पुडासैनी आमहत्या त कहिले निजी सवारी चालकको मृत्यु । कहिले वैवाहिक जीवनसँग जोडिएका लामिछानेसँग दोहोरो नागरिकता, दोहोरो राहदानी प्रकरणपनि जोडिएका छन् । विभिन्न विवादित घटनाक्रमसँग जोडिरहेका लामिछाने अहिले भने ग्यालेक्सी टेलिभिजनको प्रबन्ध निर्देशक (एमडी) भएका बेला ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने कम्पनी गोर्खा मिडिया नेटवर्क प्रालिले पोखराको सूर्यदर्शन सहकारीको डेढ अर्बका साथै सहारा चितवन बहुउद्देश्यीय सहकारीको करिब ८५ करोड हिनामिना गरेको प्रकरणमा पनि मुछिएका छन् ।

यी हुन्, रवि लामिछानेको राजनैतिक, व्यक्तिगत तथा सञ्चार यात्रासँग जोडिएका उतारचढावहरुः 

डिभोर्स प्रकरण
सभापति लामिछानेले पूर्वपत्नी इशा लामिछानेसँग विवाह गरेको २४ वर्षमा सम्बन्ध विच्छेद गरेका थिए । उनको पहिलो श्रीमतीबाट दुई छोरी छन् । उनले २०७५ माघ ७ मा नेपाल चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग विवाह गरेका थिए । पौडेलसँगको विवाहपछि पूर्व श्रीमती इशाले चौथो सम्बन्धको लागि बधाई भन्दै, लामिछानेसँग जोडिएका केही सम्बन्धको बारेमा बताएकी थिइन् । सञ्चारमाध्यममा ती खबर भएसँगै उनको पक्ष विपक्षमा विभिन्न टिकाटिप्पणी भएका थिए । उनको पूर्व श्रीमतीको अभिव्यक्तिलाई टाढा राखेर हेर्ने हो भने, उनको दुईवटा मात्र विवाह भएको देखिन्छ ।

शालिकराम पुडासैनी आत्महत्या प्रकरण 
वि.सं. २०७६ भदौ महिनामा न्युज २४ मा रवि लामिछानेको सहकर्मी शालिकराम पुडासैनीको आत्महत्या पश्चात्, उनले रेकर्ड गरेको भिडियोको आधारमा लामिछानेलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको थियो। यथेष्ट प्रमाण नपुगेको भन्दै चितवन जिल्ला अदालतबाट, आगामी दिनमा मुद्दाको बारेमा अन्तर्वार्ता नगर्ने शर्तमा पाँच लाख धरौटी तिरेर रिहा भएका थिए ।

1140x725

दोहोरो राहदानी प्रकरण 
सभापति लामिछानेले नागरिकता २०५० साल फागुन १० गते काठमाडौंबाट लिएका थिए। २०७० फागुन ११ गते उनले अमेरिकी नागरिकता लिएका थिए। २०७१ जेठ २१ मा उनी नेपाल आए। अमेरिकी नागरिकता लिइसकेपछि पुरानो नागरिकताकै आधारमा २०७३ जेठ १३ गते नेपाली राहदानी लिएका थिए ।त्यसबखत उनले अमेरिकी पासपोर्ट र नेपाली पासपोर्ट एकसाथ प्रयोगमा ल्याएको दाबी गरिएको थियो । करिब ३ वर्षसम्म रविले अमेरिका र नेपालको दोहोरो पासपोर्ट प्रयोगमा ल्याएको पाइएको थियो ।

नागरिक भए रवि लामिछाने | Nagarik News

दोहोरो नागरिकता प्रकरणः उपप्रधान तथा गृहमन्त्रीबाट राजीनामा 
त्यसपछि दोहोरो नागरिकताको विषयमा परेको मुद्धामा सर्वोच्च अदालतले सभापति लामिछाने प्रतिनिधि सभा सदस्यका लागि योग्य नभएको फैसला गरेको थियो ।लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता ब्युँताउने प्रक्रिया नअपनाएको पाइएसँगै उनी अनागरिक भएका थिए । त्यसपश्चात् सर्वोच्च अदालतको संबैधानिक इजलासले सांसद पद खारेज गरिदिएसँगै उनको उपप्रधान एवं गृहमन्त्री पद खोसिएको थियो ।

रवि लामिछानेका सवारी चालक थापाको स्वस्थ्य अवस्था चिन्ताजनक - पूर्णपुष्टि

निजी सवारी चालकको मृत्यु प्रकरण
लामिछानेको सांसद पद खोसिएसँगै चितवन क्षेत्र २ मा भएको उपनिवार्चनको प्रचार–प्रसारको क्रममा उनको चितवनस्थित घरको छतबाट खसेर, घाइते भएका उनको निजी सवारी चालक ३९ वर्षीय दिलबहादुर थापाको मृत्यु भएपछि विवादमा तानिएका थिए । चालकको मृत्युपछि लामिछानेमाथि छानबिन गरिनुपर्ने मागहरु उठेका थिए ।लामिछानेको चुनावी प्रचारमा सँगै हिँडेको हुँदा मृतक थापामाथि निगरानी  गरिएको हुनसक्ने र उनलाई मारिएको पनि हुनसक्ने भन्दै आलोचना भएको थियो ।

रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ पद मुक्त | Madhyantar

सांसद ढाकाकुमार श्रेष्ठकाे कोर टिम प्रकरण
रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भए पछि पनि लामिछानेमाथि प्रश्न चिन्ह्र खडा भएको थियो ।आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंसँग उक्त रकम मागेका थिए ।कपुरबोट डटकमले सार्वजनिक गरेको अडियोमा सांसद श्रेष्ठले आफ्नो दलले स्वास्थ्य मन्त्रालय पाउने र मन्त्री बन्नका लागि सुरुदेखि रविलाई समर्थन गर्दैँ आएको कोर टिमले पैसा मागेको बताएका थिए । सांसद श्रेष्ठले सुरुदेखि सभापति लामिछानेलाई समर्थन गर्दै आएको कोर टिम भनेकाले कतै यसमा स्वयम् लामिछानेको हात त छैन भन्ने टिका टिप्पणीहरु पनि भएका थिए ।

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आजदेखि अन्तिम सुनुवाइ |  Indrenionline.com

सहकारीकाे रकम हिनामिना प्रकरण
लामिछाने पछिल्लो समय सहकारीको मोटोरकम हिनामिना गरेको प्रकरणमा पनि तानिएका छन् । लामिछाने ग्यालेक्सी टेलिभिजनको प्रबन्ध निर्देशक (एमडी) भएका बेला गोर्खा मिडिया नेटवर्क प्रालिले चितवनको सहकारीबाट ११ करोड ७१ लाख रुपैयाँ लिएको कागजातबाट खुलेको हो । साथै पोखरा महानगरपालिकाले बनाएको छानबिन समितिको प्रतिवेदनले ऋण, एड्भान्स (पेश्की)लगायत विभिन्न शीर्षकमा गोरखा मिडियाले सूर्यदर्शन सहकारीबाट १० करोड रूपैयाँ लगेको पनि उल्लेख गरेको छ।

पूर्वएमडी लामिछानेले सूर्यदर्शनलाई एक करोड रूपैयाँ ऋण तिरेको पनि प्रतिवेदनमा उल्लेख छ । छानबिन समितिका अनुसार गोरखा मिडियाले २०७८ असार मसान्तमा लिएको एड्भान्स रकम लामिछानेले २०७९ असार मसान्तमा तिरेको देखिन्छ ।लामिछानेले यो ऋण आफैं लिएका हुन् कि होइनन्, आफैं तिरेका हुन् कि उनका नामबाट फर्जी खाता बनाएर तिरिएको हो भन्ने कुरा भने अझै प्रस्ट छैन । गोरखा मिडियाले लिएको ऋण लामिछानेले चलाएको हो कि होइन भन्ने बुझ्न भने उनको स्टेटमेन्ट नै हेर्नुपर्ने हुन्छ । तर अहिले उनी यस विवादबाटपनि चोखो रहन भने सकेका छैनन् । यद्यपि उनले यस विषयमा आफ्नो संलग्नता नरहेको विभिन्न प्रमाणसहित स्पष्टीकरण दिँदै आएका छन् ।

 

Logo