राष्ट्रिय सभा निर्वाचनः आज मतदाता नामावली प्रकाशन हुँदै

राष्ट्रिय सभा निर्वाचनः आज मतदाता नामावली प्रकाशन हुँदै

केन्द्रबिन्दु
0
Shares

आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिनेछ। 

निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ। प्रदेशका सांसद र पालिकाका प्रमुख तथा उपप्रमुख राष्ट्रिय सभाका मतदाता हुन्छन्। 

प्रकाशित मतदाता नामावलीउपर आजदेखि पुस २२ गतेसम्म दाबी विरोध गर्न सकिनेछ। २२ गते अन्तिम मतदाता नामावली प्रकाशन तथा पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गरिनेछ भने पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ। माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ। 

Skip This
Skip This
Logo