बढ्दै सांसद शर्माको लोकप्रियता, धनकुटामा गरियो भव्य स्वागत

बढ्दै सांसद शर्माको लोकप्रियता, धनकुटामा गरियो भव्य स्वागत

केन्द्रबिन्दु
9
Shares

जनपक्षीय सवालमा खरो उत्रँदै आएका नेपाली काँग्रेसका सांसद डा.सुनिल शर्मालाई धनकुटामा भव्य स्वागत गरिएको छ। पार्टी भन्दा माथि उठेर आवाज बुलन्द गर्दै आएका मोरङका सांसद शर्मालाई धनकुटामा फूलमालासहित भव्य स्वागत गरिएको हो।

उनको स्वागतमा नेपाली काँग्रेस धनकुटाले औपचारिक कार्यक्रम गरेको थियाे। सांसद शर्माको फोटोसहितको ब्यानर राखेर काँग्रेसले उनीसँग भेटघाट र अन्तरक्रिया कार्यक्रम गरेको हो।

जनपक्षीय सवालमा गलत गर्ने आफ्नै पार्टीका नेताहरूलाई पनि नछोड्ने उनी अहिले चर्चाको शिखरमा छन्। आफ्नै पार्टी सभापतिको कमजोरीमा पनि उनी खुलेर विरोध गर्छन्। उनले आफ्नै पार्टीका अर्थमन्त्रीको विषयमा  समेत विरोध जनाएका थिए।

सत्ता साझेदार दलको सांसद भएर पनि उनी अहिले सरकारको कमजोरीमा खुलेर बोलिरहेका छन्। सरकारले जनपक्षीय काम गर्न नसेको भन्दै उनले यही अवस्थामा काँग्रेसले समर्थन गरेर बसिरहन नहुने तर्क गर्दै आएका छन्।

धनकुटामा भएको कार्यक्रममा पनि उनले सरकारको विरोध गरे। कार्यकर्ताहरूमाझ उनले यही अवस्थामा काँग्रेस सरकारमा बसिरहन उपयुक्त नहुने तर्क राखे। 

नराम्रो काम गर्ने आफ्नै पार्टीका नेता भएपनि नछोड्ने र राम्रो काम गर्ने फरक पार्टीकै मान्छेलाई पनि प्रशंसा गर्ने नेपाली राजनीति भित्रको नौलो र विरलै देखिने स्वभावका कारण उनी जनप्रिय बन्दै गएका छन्। नेपाली राजनीतिमा पनि उनको प्रभाव बढ्दै गएको छ। 

Logo