राप्रपाका अम्बरबहादुर विष्ट कोशी प्रदेशको सभामुख बन्ने

राप्रपाका अम्बरबहादुर विष्ट कोशी प्रदेशको सभामुख बन्ने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अम्बरबहादुर विष्ट कोशी प्रदेशका सभामुख बन्ने भएका छन्। नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र सहितको सत्ता गठबन्धनले समर्थन गर्ने भएपछि विष्ट सभामुख बन्ने भएका हुन्।

आज बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले अपराह्न तीन बजे सभामुख चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए। मंगलबार बिहान बसेको राप्रपा कोशी संसदीय दलको बैठकले सभामुख आफैँले लिने र विष्टलाई अघि सार्ने निर्णय गरेको थियो।

विष्ट झापाका समानुपातिक सांसद हुन्। योसँगै राप्रपाको दुई वटा प्रदेशमा सभामुख हुने भएको छ। बागमती प्रदेशमा भुवनकुमार पाठक राप्रपाका तर्फबाट सभामुख बनेका थिए।

Skip This
Skip This
Logo