नेपाल भाषाको लागि बजेट व्यवस्थापन गर्न सकिन्छः सुनिता डंगोल

नेपाल भाषाको लागि बजेट व्यवस्थापन गर्न सकिन्छः सुनिता डंगोल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले नेपाल भाषाको तालिमको लागि महानगरपालिकाले बजेट संशोधन गर्ने बताएकी छिन्। 

बिहीबार ई–लाईब्रेरीको उद्घाटन गर्दै उनले सामुदायिक विद्यालय मात्रै होइन, संस्थापक विद्यालयले पनि यसमा ध्यान दिनुपर्ने भन्दै महानगरपालिकाले तालिमको लागि बजेट व्यवस्थान गर्ने बताएकी हुन्। 

उनले भनिन्,‘महानगरपालिकाको हरेक स्कुल र पाठयक्रममा नेपाल भाषा राख्न पनि सकिन्छ। यसको प्रभावकारिता, अध्यन अनुसन्धानको साथै तालिम पनि आवश्यक हुन्छ। तालिमको लागि बजेट छैन् भन्ने छ तर बजेट संशोधन गर्न यही मञ्चबाट भन्न चाहन्छु।’

उनले ई–लाईब्रेरी प्रभावकारिता दिर्घकालिन हुने बताउँदै एकपटकको लगानीले धेरै काम गर्न सकिने औंल्याइन्। यसले नेपाल भाषालगायत अन्य विषयकोे अध्ययन अनुसन्धानको लागि पनि सहयोग गर्ने बताइन्।

ई-लाईब्रेरीमानेपाल भाषाको पाठ्यक्रम सजिलै र सबैको लागि उपलब्ध गराउने हो भने नेपाल भाषाको क्षेत्र अझ सुधार हुनेपनि उनको भनाइ छ। 

Logo