राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दा हाल्ने गौशाला २६ को वास्तविक तस्बिर र नाम सामाजिक सञ्जालमा राख्ने एक कार्यकर्तालाई कारबाही गरेको छ ।
सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको हो । सापकोटाले गौशाला–२६ (परिवर्तित नाम)को तस्बिर सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै अदालती फैसलासँग जोडेर पीडितप्रति कटाक्ष गरेको पाइएकाले कारबाहीस्वरुप निलम्बन गरिएको रास्वपाले जनाएको छ ।
केही दिनयता सामाजिक सञ्जाल फेसबुकमा सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दा दायर गर्ने ‘गौशाला–२६ यिनै हुन्’ भनेर एक किशोरीको नाम र फोटो भाइरल बनाइएकाे छ । मानिसहरुले उक्त फोटोमा विभिन्न नकारात्मक टीकाटिप्पणी गरेका छन् ।































प्रतिक्रिया