‘संविधानमा लेखेर मात्रै विभेदको अन्त्य हुँदैन’ : रवीन्द्र मिश्र

‘संविधानमा लेखेर मात्रै विभेदको अन्त्य हुँदैन’ : रवीन्द्र मिश्र

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संविधानमा लेखेर मात्रै विभेदको अन्त्य नहुने स्पष्ट भइसकेको बताएका छन् ।

पश्चिम रुकुम चौरजहारी घटना सम्बन्धमा आइतबार माइतिघर मण्डलामा गरिएको विरोध प्रदर्शनलाई सम्बोधन गदै संयोजक मिश्रले संविधानमा लेख्दैमा र आन्दोलन गर्दैमा विभेद अन्त्य नहुने बताएका हुन् । उनले विभेद अन्त्यका लागि गुणस्तरीय शिक्षा आवश्यक रहेको बताए । सरकारले विभेद भएका घटनाहरुमाथि छानविन गरी दोषिलाई कारबाही गर्न र सधैका लागि विभेद अन्त्य गर्ने विषयमा काम गर्न नसकेको बताए । संयोजक मिश्रले आफ्ना छोराछारीलाई लुकाएर, पढाएर दलितवर्गका छोराछोरीलाई गोलि खुवाएर गरेको अन्दोलनले समेत विभेद अन्त्य गर्न नसकेको बताए ।

संयोजक मिश्रले गुणस्तरीय शिक्षासँगै मानिसहरुको सोचमा परिवर्तन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उपस्थित हुन सक्ने क्षमता विकास भएमात्रै दलितमाथि हुँदै आएको विभेद अन्त्य हुने बताए । यस्तै विभेद हुनुको दोष इतिहासलाई मात्र दिन नहुने उल्लेख गर्दै राजनीतिक नेतृत्वले यसको जिम्मेवारी लिनुपर्ने बताए । संयुक्त राजनीतिक दलित संघर्ष समितिका व्यक्तिहरुले ‘म भेदभाव नहुने समाज चाहन्छु’, ‘आफू विभेद गर्दिन अरुको विभेद सहन्न’, ‘यो देश दलितको पनि हो’, र ‘मान्छे हुन के के चाहिन्छ ?’ लेखिएका ब्यानरहरु लिएर प्रदर्शन गरेका थिए ।

Skip This
Skip This
Logo