नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान ११ बजे बैठक सुरू हुने माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। बैठकमा पार्टीको विधान संसोधनबारे छलफल हुने उनले बताए। पार्टीको विधान मस्यौदा समितिले १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेको छ।
उपाध्यक्ष पम्फा भूसालको संयोजकत्वमा बनेको विधान मस्यौदा समितिले गरेको यो प्रस्तावमा आजदेखि बस्ने स्थायी कमिटी बैठकमा छलफल हुने प्रवक्ता सापकोटाले बताए। बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समिक्षा पनि हुनेछ। प्रदेश इन्चार्जहरूले अभियानले के कति प्रभाव पार्यो भनेर बैठकमा ब्रिफिङ गराउने र त्यसको समीक्षा हुनेछ।































प्रतिक्रिया