दाङ बस दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

दाङ बस दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

केन्द्रबिन्दु
0
Shares

दाङको देउखुरीको राप्ती गाउँपालिका–१ भालुवाङस्थित राप्ती नदीमा बस खसेर भएको दुर्घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । घटनामा १२ मृत्यु र २२ जना घाइते भएको घटनाप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका हुन् । 

सभापति देउवाले मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । उनले पछिल्लो समय सडक दुघर्टना बढ्दै गइरहेकाले तत्काल एक कार्यदल गठन गरी घटनाहरुको गहिरो अध्ययन गरेर यस्ता घटनाहरुलाई नियन्त्रण गर्न गराउनसमेत सरकारको ध्यानाकर्षण गराएका छन् । 

बाँकेको नेपालगन्जबाट काठमाडौंका लागि हिँडेको भे १ ख ३९१२ नम्बरको ३५ जना यात्रु बोकेको बस गएराति दाङको भालुवाङनिर राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ । घटनामा अन्य २२ जना घाइते भएका छन् । मृतक १२ जनामध्ये ८ जनाको परिचय खुलेको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक उज्ज्वलबहादुर सिंहले जानकारी दिए । 

घाइते भएकाहरुको विभिन्न अस्पतालहरुमा उपचार जारी रहेको प्रहरीले बताएको छ ।

Logo