सत्ता गठबन्धन समन्वय समिति बैठकका निर्णय सार्वजनिक

सत्ता गठबन्धन समन्वय समिति बैठकका निर्णय सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

सत्तापक्षीय गठबन्धनद्वारा गठित राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समितिले मतदाताहरुसँग गठबन्धनका उम्मेदवारहरुको पक्षमा मतदान गर्नका लागि गठबन्धन दलका शीर्ष नेताहरुलाई संयुक्त वक्तव्य जारी गर्न अनुरोध गर्ने निर्णग गरेको छ। 

शनिबार नेपाली काँग्रेसका प्रमुख सचेत रमेश लेखको संयोजकतवमा बसेको समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो। त्यस्तै, बैठकले राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समितिको सचिवमा अधिवक्ता केशवराज जोशीलाई चयन गर्दै मतदातालाई चुनाव प्रचारप्रसारदेखि मतगणनासम्म खटिन निर्देश दिने निर्णय गरेको छ।

अगामि माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा १९ सदस्य पदका लागि गठबन्धन दलहरू काँग्रेसबाट १०, माओवादी केन्द्रबाट ६, एकीकृत समाजवादीबाट २ र जसपाबाट एक जनाले उम्मेदवारी दिएका छन्।

Logo