नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्म कायम रहने दाबी गरेका छन्। वर्तमान सरकार र सत्तारुढ गठबन्धन कहिलेसम्म रहन्छ ? भन्ने आशङ्का कसैकसैले गर्ने गरेको उल्लेख गर्दै उनले यस्तो बताएका हुन्।
शनिबार काठमाडौँको साँखुमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले सत्तारुढ गठबन्धन पाँच वर्षसम्मै कायम रहनेमा ढुक्क हुन पनि आग्रह गरे।
उनले यसअघि गठबन्धनको साथमा चुनाव लड्दा अपेक्षित नजिता हासिल गर्न नसकेको उल्लेख गरे। अब आफ्नै शक्तिमा चुनाव जित्ने गरी तयारी गर्नुपर्नेमा उनले जोड दिए।
उनले सिङ्गो मुलुकको विकासको खाका आफ्नो पार्टीले तयार गरेको जिकिर गरे। नेता-कार्यकर्ताले जनतामाझ गएर त्यसलाई बुझाउन सक्नुपर्ने उनको भनाइ थियो। अध्यक्ष नेपालले सातै प्रदेशमा पार्टीको अस्तित्व देखिएको भन्दै अब पालिकामा देखिने गरी सङ्गठन विस्तार गर्नुपर्ने पनि बताए।





























प्रतिक्रिया