रास्वपाको उदयले चिया पसलमा हुने गफको पनि शीर्षक परिवर्तन भएको छः सोविता गौतम [भिडियाे]

रास्वपाको उदयले चिया पसलमा हुने गफको पनि शीर्षक परिवर्तन भएको छः सोविता गौतम [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपाली राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थितिले परिदृश्य परिवर्तन गरेको बताएकी छन् । 

पार्टीकै अर्का सांसद विराजभक्त श्रेष्ठको संसद्मा एक वर्ष बिताएको अवसरमा कार्यप्रगति प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै सांसद गौतमले भनिन्, ‘चिया पसलमा बसेर गर्ने गफको शीर्षक पनि परिवर्तन भएको छ । जहाँ भ्रष्टाचारको विषय उठ्ने गरेको थियो, त्यहाँ आज संसदमा रवीले यस्तो बोल्यो, रास्वपाले सदनबाट आज जनताको कुरा उठाएको छ भन्ने हुन्छ ।’

राजनीतज्ञहरुले अमूर्त अभिव्यक्ति मात्रै दिने काम गरेको बताएकी उनले आफूहरु समस्या मात्रै नभइ समाधान पनि लिएर जाने गरेको दाबी उनले गरिन् । ‘हामी समस्या समाधानको बाटोमा नै अघि बढिरहेका छौं, रास्वपाले आफ्नो इमान बिर्सिएको छैन,’ उनले भनिन् । 

भिडियाे- https://fb.watch/pyg1zapjV9/

Skip This
Skip This
Logo