‘संविधान संशोधन गर्ने नेपालको निर्णय कुनै पनि देशका विरुद्ध होइन’: विष्णु पौडेल

‘संविधान संशोधन गर्ने नेपालको निर्णय कुनै पनि देशका विरुद्ध होइन’: विष्णु पौडेल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विष्णु पौडेलले महाकाली सन्धीको बचाउ गरेका छन् ।

नयाँ नक्सालाई निशान छापमा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको छलफलमा महाकाली सन्धीमा प्रयोग भएका शब्दहरुको गलत अर्थ लगाइएको उनले बताए । महाकाली नदीको अधिकांश भाग सीमाना भनेर सुगौली सन्धीभन्दा झन राष्ट्रघाती महाकाली सन्धी भएको समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दिएको अभिव्यक्तिको खण्डन गर्दै पौडेलले त्यहाँ प्रयोग भएको शब्दको गलत प्रयोग भएको बताए ।

महासचिव पौडेलले नयाँ नक्सा जारी गरी संविधान संशोधन गर्ने नेपालको निर्णय कुनै पनि देशका विरुद्ध नभएको बताए । भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ताको पक्षमा उभिदा छिमेकीहरुको दिल दुख्छ भन्ने लघुतावासमा नअल्झिन उनले आग्रह गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङदेनले नेकपा अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए । अध्यक्ष दाहालले राजतन्त्रमा गुमेको भूमि गणतन्त्रमा फिर्ता ल्याउँदैछौ भन्ने अभिव्यक्ति प्रति उनले आपत्ति जनाएका हुन् । उनले भने, ‘‘जसले यो देश निर्माण ग¥यो । जुन संस्थाले नेपाली राष्ट्र, नाम र पहिचान हामीलाई दियो । त्यो संस्थाले भूगोल बेच्यो, गुमायो र त्यो हामीले फिर्ता गर्दै छौँ भनेर धाक लगाउने दिन होइन त्यसमा मेरो असहमति छ ।’’

संविधानका विभिन्न कुराहरुमा आफ्नो पार्टीको असहमति रहेपनि राष्ट्रियताको पक्षमा सधै एक रहेको बताए । निशान छाप परिवर्तनका लागि मात्रै सरकारसँग नभएर भूमि फिर्ता नहुँदासम्म सरकारलाई आफ्नो पार्टीले सहयोग गर्ने उनले बताए ।

राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले कुटनीतिक वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताइन् । वार्ताको माध्यमबाट सहजै भूमि फिर्ता नहुने अवस्थामा विश्व जनसमर्थनको बाटो अपनाउनु पर्ने सुझाव उनले दिइन् । भूमि फिर्ता ल्याउनु पर्ने उद्देश्यले राष्ट्र संघ र अन्तर्राष्ट्रिय अदालत जान पनि पछि हट्न नहुने उनको भनाइ छ ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संविधान निर्माणको बेला नै नेपालको नक्सा र क्षेत्रफल राख्नु पर्ने प्रस्ताव आफ्नो पार्टीले राखेको स्मरण गरे । उनले नेपालको भूमि समेटेर नक्सा नबनाउने त्यो बेलाका नापी अधिकारी, भूमि, गृह परराष्ट्र मन्त्रालयका अधिकारीहरुसँग बयान लिनुपर्ने बताए ।

Skip This
Skip This
Logo