काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टीको पछिल्लो केन्द्रीय कार्यसमिति बैठकबाट गरेका निर्णयहरूसहितको ज्ञापनपत्र प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको छ ।
आज विहान १० बजे काँग्रेसले पार्टीको पछिल्लो केन्द्रीय कार्यसमिति बैठकबाट गरेका निर्णयहरूसहितको ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएको हो ।
प्रतिनिधिमण्डलमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेताहरू गोपालमान श्रेष्ठ, डा.प्रकाशशरण महत, बालकृष्ण खाँड र रमेश लेखक गरी पाँच जना सहभागी थिए ।
उक्त अवसरमा प्रधानमन्त्रीले ज्ञापनपत्रमा उल्लेखित सुझावहरूलाई सकारात्मक र गम्भीरतापूर्वक लिएर आवश्यकता अनुसार कार्यान्वयन गरिने जानकारी गराए ।































प्रतिक्रिया