सबै नेपालीलाई सैन्य तालिम दिनुपर्ने माग राख्दै प्रेम सुवालको संशोधन प्रस्ताव

सबै नेपालीलाई सैन्य तालिम दिनुपर्ने माग राख्दै प्रेम सुवालको संशोधन प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले सबै नेपाली नागरिकलाई सैन्य तालिम दिने व्यवस्था गर्नुपर्ने भन्दै संविधान संशोधन विधेयक दर्ता गराएका छन् । शुक्रबार संघीय सचिवालय पुगेर सांसद सुवालले संशोधन विधेयक दर्ता गराएका हुन् ।

सांसद सुवालले शुक्रबार अपरान्ह २ः२० मा संविधान संशोधन विधेयक दर्ता गराएका थिए । उनले नेपाली नागरिकलाई सैनिक तालिम दिनुपर्ने, प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुनुपर्ने लगायतका विषयमा संशोधन प्रस्ताव गरेका छन् । जेठ ९ मा सरकारले संविधान संशोधन विधेयक दर्ता गराएको थियो । गत जेठ ७ मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपालको राजनीतिक एवं प्रशासनिक नक्सा सार्वजनिक गरेकी थिइन् । जसमा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको ३ सय ३५ वर्ग किलोमिटर भूमि समावेश गरिएको थियो । सोही नक्सा अनुसार नेपालको संविधान २०७२ को अनूसूची ३ मा रहेको निसान छाप परिमार्जन गर्न संविधानको दोस्रो संशोधन विधेयक दर्ता गरिएको थियो ।

त्यस्तैगरी राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको तर्फबाट संयुक्त रुपमा संशोधन विधेयक दर्ता गरिएको थियो । भने नेपाली कांंग्रेसका तराइ मधेश क्षेत्रबाट निर्वाचित सांसदहरुले पनि संविधान संशोधन विधेयक दर्ता गराएका थिए । साथै राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले पनि संघीयताको खारेज गर्नुपर्ने माग गर्दै संविधान संशोधन विधेयक दर्ता गराएकी थिइन् ।

Logo