काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघियताका संवाहकहरूको परस्पर आरोप प्रत्यारोपको भाषाशैली र स्तरले राजनीतिक प्रणालीमाथि नै जनतामा वितृष्णा र घृणा पैदा गरेको टिप्पणी गरेका छन् ।
अहिले प्रमुख दलहरुमा चलिरहेको आरोप प्रत्यारोपमाथि सामाजिक संजालमा टिप्पणी गर्दै अध्यक्ष थापाले स्वार्थगत आधारमा संविधान, न्यायालय र व्यवस्थाको धज्जी उडाउने कार्यले उनीहरू आफूले स्थापित गरेका मान्यतालाई औचित्यहिन साबित गरिरहेको बताएका छन् ।
उनले भनेका छन् :
गणतन्त्र, धर्मनिरपेक्षता र संघियताका संवाहकहरूको परस्पर आरोप प्रत्यारोपको भाषाशैली र स्तरले राजनीतिक प्रणालीमाथि नै जनतामा वितृष्णा र घृणा पैदा गरेको छ ।
स्वार्थगत आधारमा संविधान, न्यायालय र व्यवस्थाको धज्जी उडाउने कार्यले उनीहरू आफूले स्थापित गरेका मान्यतालाई औचित्यहिन साबित गरि रहेछन् ।
































प्रतिक्रिया