काठमाडौं ।
चिनियाँ राजदूत होउ यान्छी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ चिनियाँ राजदूत राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास पुगेकी थिइन् ।
उनीहरुबीचको भेटमा नेकपामा देखिएको विभाजनलाई लिएर छलफल भएको बताइएको छ ।
यस अघि पनि चिनियाँ राजदूतले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेकी थिइन् । नेकपा विभाजन हुनु पूर्व शीर्ष नेताहरुलाई छुट्टा छुट्टै भेट गरेकी चिनियाँ राजदूतको यो पछिल्लो सक्रियतालाई नेपाली राजनीतिमा चासोको रुपमा हेरिएको छ ।
यतिबेला संसद विघटन भएसँगै नेकपामा दुई पक्ष स्पष्टरुपमा देखिएका छन् भने अन्य विपक्षी दलहरु पनि सडक संर्घषमा उत्रिएका छन् ।





























प्रतिक्रिया