काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको अवस्था र लकडाउनबारे परामर्श गर्न बैठक बोलाएका छन् । बुधबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटरमा प्रम ओलीले परामर्श बैठक बोलाएका हुन् ।
बैठकमा कोरोनाको रोकथाम तथा नियन्त्रण कसरी गर्ने र सरकाले अहिलेसम्म गरिरहेको काम तथा विश्वव्यापी कोरोना रोकथामका लागि के कस्तो अभ्यास गरिएको छ भन्ने विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
उनले केन्द्रबिन्दुसँग संक्षिप्त कुराकानी गर्दै भने–‘नेपालमा कारोना भाइरसको अवस्था र सरकाले अहिलेसम्म रोकथाम तथा नियन्त्रणका लागि गरी रहेको काम तथा विश्वव्यापी अपनाइएको ट्रेन लगायतका विषयमा परामर्श बैठक बोलाइएको हो ।’































प्रतिक्रिया