भारतीय प्रधानमन्त्री मोदीलाई पशुपतिनाथ र मुक्तिनाथसँग आशीर्वाद लिन प्रवक्ता श्रेष्ठको आग्रह

भारतीय प्रधानमन्त्री मोदीलाई पशुपतिनाथ र मुक्तिनाथसँग आशीर्वाद लिन प्रवक्ता श्रेष्ठको आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय सभा सांसद एवं नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथको आशीर्वाद लिएर सच्चिन आग्रह गरेका छन् । सोमबार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै प्रवक्ता श्रेष्ठले सो आग्रह गरेका हुन् ।

भारतीय प्रधानमन्त्री मोदी आत्धात्मिक स्वभावको भएकाले पशुपतिनाथ र मुक्तिनाथसँग आराधना गरी सत्यको मार्गमा हिँड्न उनको सुझाव छ । ‘तपाई आध्यात्मिक प्रकृतिको व्यक्तित्वको आधारमा पशुपतिनाथ, मुक्तिनाथको आराधना गर्नुहोस्’–प्रवक्ता श्रेष्ठले भने–‘तपाईंले शक्ति, आशीर्वाद लिनुहोस् र यस्तो तपोभूमि, नेपाली पवित्र भूमिको एक इन्च भूमि पनि हामीले लिँदैनौ भनेर सच्चिनुहोस् ।’

भारतीय पक्षले केही समय अगाडि नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा कब्जा गरी एकतर्फी रुपमा बाटो निर्माण गरेको थियो । नेपाली भूमिमा बाटो निर्माण गरेपछि नेपाल र भारतसँगको सम्बन्ध थप बिग्रदै गएको छ ।

Logo