‘सर्वोच्चको निर्णय मान्नुपर्छ’

‘सर्वोच्चको निर्णय मान्नुपर्छ’

केन्द्रबिन्दु
0
Shares

गण्डकी । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले प्रतिनिधिसभाको विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला सबैले मान्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ कास्कीको १५औँ साधारणसभाको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको बताउँदै सर्वोच्चले गरेको फैसला मान्नु सबैको कर्तव्य भएको बताए ।

‘फैसला आइसकेपछि चुनावमा जाने भन्यो भने चुनावमा जानुपर्यो, विघटनको कुरा बदर गर्‍यो भने संसद् बैठक अधिवेशनहरू चल्छ, अगाडि बढ्छ,’ उनले भने । अदालतले विघटनको मुद्दालाई सदर गरेका अवस्थामा चुनावमा जानुको विकल्प नहुने बताउँदै उनले त्यो अवस्थामा शङ्का उपशङ्का नगरी चुनाव हुन्छ, हुँदैन भन्ने नभई हुन्छ, समयमा नै गर्नुपर्छ भन्ने कुरा लिएर जानुपर्ने बताए ।

त्योबाट कोही पनि भागेर जाने वातावरण बन्न दिन नहुने उनको भनाइ थियो । नेपाली जनताले इतिहासमा आफ्नो पूर्णकार्यकाल बिताएको लोकतान्त्रिक सरकार अहिलेसम्म पनि देख्न नपाउनु विडम्बना भएको उनले बताए । सरकार अस्थिर रहँदा दीगो विकास हुन नसक्ने बताउँदै उनले नेपालमा २०१७, २०४८ का सरकार पनि स्थिर बन्न नसक्दा विकासमा पछि परेको उल्लेख गरे ।

साधारणसभा र अधिवेशनसँगै गर्दा महासङ्घका रणनीतिक योजना बनाउन अप्ठेरो परेको हुँदा साधारणसभा र अधिवेशन फरक फरक दिन राखिएको स्पष्ट पारे ।

Logo