संविधान संशोधन विधेयक संसदमा पेश

संविधान संशोधन विधेयक संसदमा पेश

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
संविधान संशोधन विधेयक संसदमा पेश भएको छ । कानून न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले आइतबारको प्रतिनिधि सभा बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पेश गरेकी हुन् ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा संविधानको अनुसूची ३ मा रहेको निशान छापमा राख्नुपर्ने भएपछि संविधान संशोधन गर्न संसदमा विधेयक पेश भएको हो । प्रतिनिधि सभाको बैठकमा संविधान संशोधन विधेयक पेश गर्न अनुमति माग्ने प्रस्ताव निर्विरोध पास भएपछि मन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक पेश गरेकी हुन् । सांसदहरुले संविधान संशोधनको उक्त प्रस्तावमा कुनैपनि विरोधको सूचना राखेका थिएनन् ।

जेठ १४ गतेको संसदको बैठकको सम्भावित कार्यसूचीमा संविधान संशोधन प्रस्ताव पेश गर्ने कार्यक्रम समावेश गरिएको भए पनि अन्तिम समयमा कार्यसूचीबाट हटाइएको थियो । सरकारले संविधान संशोधनलाई सर्वसम्मत पारित गर्न सबै दलहरुलाई आह्वान गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शनिबार पार्टीको केन्द्रीय कार्यसमितिबाट संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेपछि सरकारले आज संसदमा विधेयक पेश गरेको हो ।

Skip This
Skip This
Logo