प्रमुख प्रतिपक्षी कांग्रेसले चौरहजारी घटनाको सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गरेको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सो माग गरेका हुन् । साथै उक्त घटनालाई कांग्रेसले दलित समुदायमाथिको हिंसाको रुपमा लिएको उल्लेख गरेको छ
जातीयताका आधारमा भएको घटनाले देशलाई नै स्तब्ध बनाएको कांग्रेसको भनाइ छ । साथै सत्यतथ्य छानबिन गरी कानुनी कारबाही गर्नुपर्ने पनि कांग्रेसको माग छ ।
त्यस्तै नेपाली कांग्रेसले यो घटनाले तीनवटा प्रश्न उब्जाएको उल्लेख गरेको छ । सामाजिक विभेद र विसंगति, राज्य प्रशासनको भूमिका र निष्पक्ष अनुसन्धान, दण्डको प्रश्न उब्जिएको कांग्रेसको भनाइ छ ।
पूरा विज्ञप्ति






























प्रतिक्रिया