काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका सबै नेपाली नागरिकलाई तत्काल स्वदेश ल्याउन सक्ने अवस्था नरहेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् । वैदेशिक रोजगारीमा गएका र कोरोना भाइरसको संक्रमणका कारण स्वदेश आउन चाहाने सबैलाई तत्काल व्यवस्थापन गर्न कठिन हुने उनको भनाइ छ ।
मंगलबारको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले विदेशमा रहेका नेपाली नागरिकलाई सरकाले कहिले ल्याउँछ भन्दै प्रश्न गरेका थिए । साथै, रोजगारी गुमाएर अलपत्र परेका र स्वदेश आउन चाहाने नागरिकलाई सरकारले स्वदेश ल्याउनुपर्ने प्रतिपक्षी दलका सांसदको माग थियो । प्रतिपक्षी दलका सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने–‘ भावनामा ह्वारह्वारी मान्छे ल्याएर क्वारेन्टाइनमा पनि राख्न नसक्ने अवस्था आउन सक्छ । केही पनि गर्न नसक्ने र कोरोना मात्रै फैलाउने अनि देशै सोत्तर बनाउने ? त्यस प्रकारको भद्रगोल सिर्जना गर्ने मनस्थितिमा सरकार छैन ।’
त्यस्तै प्रधानमन्त्री ओलीले श्रमका लागि गन्तव्य मुलुकमा रहेका दूतावाससँग निरन्तर सम्पर्कमा रहेको भन्दै समस्याको वर्गिकरण गरेर कसरी व्यवस्थापन गर्ने भन्ने योजना बनाएर मात्र स्वदेश ल्याइने प्रस्ट समेत पारेका छन् ।































प्रतिक्रिया