काठमाडौं । साझा पार्टीले भारतसँगको सीमानामा तारबार लगाउन सरकारसँग माग गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै साझा पार्टीले सरकारसँग सो माग गरेको हो । नेपाल–भारत सीमाका निश्चित नाकाहरूको व्यवस्था गरी खुला गर्न र अन्य भागमा तारबार लगाउनुपर्ने साझाको भनाइ छ ।
त्यस्तै दुबै पक्षको हितका लागि राहदानी, नागरिकता र परिचयपत्रका साथै अन्य प्रविधिको सहयोगमा सीमा वारपारलाई नियमन गर्नुपर्ने साझाको सुझाव छ । सीमा विवादका विषयमा सरकारलाई भारतसँग कूटनीतिक र राजनीतिक तहमा वार्ता गर्नसमेत साझा पार्टीले सरकालाई आग्रह गरेको छ ।
त्यस्तैगरी द्विपक्षीय वार्तामा ढिलाइ हुने अवस्था भए सीमा विवाद नभएका ठाउँमा एकतर्फी रूपमा भएपनि तारबार लगाउन पहल गर्नसमेत साझाले सरकारको ध्यानाकर्षण गराएको छ ।





























प्रतिक्रिया