काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमाबारे जथाभाबी नबोल्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले सीमाबारे मन्त्रीहरूले आफूखुसी बोल्ने गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका थिए । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले लिपुलेख लिम्पियाधुरा नेपालको नक्सामा कहिलेपनि नभएको प्रतिक्रिया दिएको भन्दै सोमबारको संसदीय बैठकमा व्यापक आलोचना भएको थियो ।
सोही प्रसंगलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई निर्देशन दिएको हुन सक्ने एक मन्त्रीले बताए ।





























प्रतिक्रिया