राष्ट्रियसभा काँग्रेस संसदीय दलको सचेतकमा देवकोटा

राष्ट्रियसभा काँग्रेस संसदीय दलको सचेतकमा देवकोटा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रियसभा नेपाली काँग्रेस संसदीय दलको सचेतकमा सांसद अनिता देवकोटा मनोनयन भएकी छिन् । काँग्रेस सभापति एवं पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले आज उनलाई मनोनयन गरेका काँग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

सभापति देउवाले पार्टीको संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को दफा १३ को उपदफा (२) बमोजिम उनलाई राष्ट्रियसभा संसदीय दलको सचेतकमा मनोनयन गरेका हुन् । यस अघि राष्ट्रियसभामा काँग्रेस संसदीय दलको सचेतक रहेकी सांसद सरिता प्रसाईको गत फागुन १९ गते राष्ट्रियसभामा दुई वर्षे कार्यकाल समाप्त भएपछि उक्त पद रिक्त थियो ।रासस

Skip This
Skip This
Logo