परराष्ट्रमन्त्री ज्ञवाली तीन दिने भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान

परराष्ट्रमन्त्री ज्ञवाली तीन दिने भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज तीनदिने भारत भ्रमणका लागि त्यस तर्फ प्रस्थान गरेका छन् । उनी केही बेर अघि भारत प्रस्थान गरेका हुन् ।

उनले आज र भोलि भारतको राजधानी नयाँदिल्लीमा हुने नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिने कार्यक्रम छ ।

बैठकमा नेपाली पक्षले दुई देशबीचको सीमा विवाद र कोरोनाविरुद्धको खोपलाई प्राथमिकतासाथ उठाउने तयारी गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीसहित परराष्ट्र र स्वास्थ्य मन्त्रालयका सचिवसहित अन्य मन्त्रालयका उच्च अधिकारी सहभागी भएका छन् ।

Logo