प्रचण्डलाई दबाबदेखि उपत्यका प्रवेशमा कडाइसम्म (भिडियोसहित)

प्रचण्डलाई दबाबदेखि उपत्यका प्रवेशमा कडाइसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । हामीले चैत ११ गतेदेखि होम क्वारेन्टाइनमा बसेर बुलेटिन प्रस्तुत गर्दै आएका छौँ । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ ।

आजका प्रमुख समाचारहरुमध्ये बैशाख २० गतेको सचिवालय बैठकपछि प्रचण्ड तीन पक्षीय दबाबमा परेका छन् । केही समय पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालको नजिक पुगेका प्रचण्ड एका एक शनिबारको बैठकमा ओलीसँग नजिक हुँदा ओली, नेता नेपाल– खनाल र स्थायी कमिटी सदस्यको दबाबमा परेका हुन् ।

त्यस्तै नेपाली भाषाको जननी संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका लागि पाठ्यक्रम तयार पारिएको छ । यसै शैक्षिक सत्रदेखि लागू हुने गरी काम भएको पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराईले जानकारी दिए । विश्वभर संस्कृत भाषाको मोह बढी रहेका बेला सशस्त द्वन्द्वका बेला हटाइएको संस्कृत भाषाको नेपालमा पनि पठनपाठन शुरु गर्न लागिएको हो ।

नेपाल पानी जहाज कार्यालयले चार पांग्रे एसयूभी गाडी खरिद गर्ने भएको छ । कार्यालयले एक करोड ४३ लाख ९८ हजार रुपैयाँको गाडी खरिद गर्न लागेको हो । कार्यालयले नयाँ गाडी खरिदका लागि बोलपत्रमार्फत सिप्रदी ट्रेडिङ प्रा.लि लाई छनोट गरी सकेको छ ।

त्यस्तैगरी लकडाउनका कारण निर्माण कार्य स्थगित भएका आयोजनाहरु सुचारु हुन थालेका छन् । लकडाउनपछि रोकिएका कामहरु सुचारु गर्न जनप्रतिनिधिहरुले नै चासो देखाएपछि विकास निर्माणका काम अगाडि बढ्न थालेका हुन् ।

कोरोना भाइरस संक्रमितहरूको संख्या बढेसँगै राजधानी प्रवेश गर्ने नाकाहरुमा थप कडाइ गरिएको छ । सोमबारदेखि पास भएका सवारी साधनलाई समेत धमाधम फर्काउन थालिएको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला

Logo