काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा बैशाख २६ गतेका लागि संघीय संसदको अधिवेशन आह्वान गरेकी छिन् । दिउसो ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संसदको दुवै सदनको अधिवेशन सुरु हुने राष्ट्रपति कार्यालयबाट जारी गरिएको सूचनामा जनाइएको छ ।
नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम राष्ट्रपतिले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरिएको सूचनामा उल्लेख छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको केही घण्टामै राष्ट्रपतिले बैठक आह्वान गरेकी हुन् ।






























प्रतिक्रिया