कोरिया उड्न लागेको नेपाल एयरलाइन्सको उडान स्थगित

कोरिया उड्न लागेको नेपाल एयरलाइन्सको उडान स्थगित


काठमाडौं ।

नेपाल एयरलाइन्सको जहाज नेपाली कामदार लिएर बिहीबार दक्षिण कोरियाको इन्चोन जाने भनिए पनि उडान स्थगित भएको छ। एयरलाइन्सको विहिबार कोरियाको इन्चोन विमानस्थल जाने कार्यतालिका तय भएको थियो ।

तर, कोरिया सरकार, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सबै नेपालीको बृहत् स्वास्थ्य जाँचपछि मात्रै पठाउन अनुरोध गरेकाले उडान स्थगित भएको नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले बताइन् ।

उनका अनुसार कोरिया जाने सबै यात्रुको कोरोना भाइरस संक्रमण सम्बन्धि बृहत् स्वास्थ्य जाँच गर्ने र कोरोनाको कुनै लक्षण नदेखिएका नेपाली मात्रै जान पाउनेछन् । उनले भनिन् ,सबै यात्रुहरुको स्वास्थ्य जाँचपछि मात्रै अर्को उडान तालिका सार्वजनिक गर्छौं ।

सरकारले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरियन भाषा परीक्षा (ईपीएस) पास गरेका नेपाली कामदारलाई भित्रन दिन कोरिया सहमत भएपछि नेपालीहरु कोरिया जान सक्ने निर्णय गरेको थियो ।

Logo