काठमाडौं ।
देशभर जारी गरिएको लकडाउनको अवधि बैशाख २५ गतेसम्म लम्बिने भएको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले २५ गतेसम्मका लागि लकडाउन जारी राख्ने निर्णय गरेको हो । यसअघि तोकिएको बैशाख १५ सम्मको अवधि सोमबार (भोली) पूरा हुँदैछ ।
शनिबार सिंहदरबारमा बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि बढाउनेबारे छलफल गरेको थियो । त्यस्तै समिति अन्तर्गतको मुख्यसचिव नेतृत्वको कार्यदलले पनि एक हप्ता लकडाउनको समयावधि थप गर्न सिफारिस गरेको थियो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउनको घोषणा गरेको थियो । त्यस्तै आन्तरिक र बाह्य हवाई उडानमा गत चैत्र १० गतेदेखि नै प्रतिबन्ध लगाएको थियो । हवाई उडानलाई पनि जेठ २ गतेसम्म थप गरिसकिएको छ । लामो दूरीका सवारी साधनको सञ्चालनमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताका नाममा सम्वोधन गर्दै चैत्र ९ गतेदेखि रोक लगाउने घोषणा गरेका थिए ।





























प्रतिक्रिया