लकडाउनमा पनि अन्तर्राष्ट्रिय उडानदेखि रातो मच्छिन्द्रनाथको रथारोहणसम्म (भिडियोसहित)

लकडाउनमा पनि अन्तर्राष्ट्रिय उडानदेखि रातो मच्छिन्द्रनाथको रथारोहणसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । हामीले चैत ११ गतेदेखि होम क्वारेन्टाइनमा बसेर बुलेटिन प्रस्तुत गर्दै आएका छौँ । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ ।

आजका प्रमुख समाचारहरुमध्ये लकडाउनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ अन्तर्राष्ट्रिय उडान भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ती सम्पूर्ण उडान कार्गो तथा उद्धारका रहेका छन् ।

त्यस्तै काठमाडौं महानगरपालिका वडा नं. १५ ले स्वयम्भूमा खाना खुवाउने व्यवस्था गरेको छ । कोरोना भाइरसको रोकथामका लागि सरकारले लकडाउनको घोषणा गरेसँगै रोजगारी गुमाएका मजदूर वर्गलाई लक्षित गर्दै राहत वितरण गरिएको भएपनि हुने खाने वर्गले समेत राहत सामाग्री लिएपछि महानगर वडा नम्बर १५ ले खाना पकाएर खुवाउन थालेको हो ।

कोरोना भाइरसको संक्रमण रोकथाम गर्न लकडाउने मात्र नहुने भन्दै परीक्षणको दायरा बढाउन सांसदहरुले सरकारसँग माग गरेका छन् । शुक्रबार बसेको राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसदहरुले सो माग गरेका हुन् । परीक्षणको दायरा बढाउनुपर्ने, राहत वितरण र पहिचानका लागि स्थानीय तहहरुलाई चलायमान बनाउनुपर्नेमा समेत उनीहरुको जोड छ ।

त्यस्तैगरी संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोरोना भाइरसको खोप विश्वका सबै नागरिकका लागि उपलब्ध हुनुपर्ने बताएका छन् । उनले भनेका छन्–‘यो कुनै एक देश वा क्षेत्र विशेषका लागि होइन संसारमा सबै मानिसले उति नै दुःख पाएकोले यो खोप विश्वका सबै देशका लागि सुलभ हुनुपर्दछ ।’

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ । विगतका वर्षहरुमा विधिपूर्वक मच्छिन्द्रनाथको रथारोहण पुल्चोकमा बनाइएको रथमा हुने चलन भएपनि यो वर्ष लकडाउनका कारण परम्परालाई निरन्तरता दिन मच्छिन्द्रनाथ राखिएकै स्थानमा रथारोहण गरिएको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला

Skip This
Skip This
Logo