चरित्र हत्या नगर्न सांसद बस्नेतको आग्रह

चरित्र हत्या नगर्न सांसद बस्नेतको आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं सङ्घीय सांसद महेश बस्नेतले समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आफूविरुद्ध गलत प्रचार गराएको आरोप लगाएका छन् ।

बस्नेतले समाजवादी पार्टीका नेता एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवको अपहरण नै नभएको विषयलाई भट्टराईले अपहरण भनेर व्यक्तिको चरित्रहत्या गर्ने कार्य गरेको बताएका हुन् । बस्नेतले डा यादव स्वयंले अपहरण होइन, सँगै काठमाडौँ आएका हौँ भनिसकेको अवस्थामा समेत व्यक्तिको चरित्रहत्या गर्ने गरी प्रचार नगर्न आग्रह गरे ।

बस्नेतको प्रश्न छ, “होटलमा बसेका यादवलाई अपहरण शैलीमा लैजाने बाबुराम भट्टराई हुन् कि अशोक राई हुन् ? अपहरण कस्ता कुरालाई भनिन्छ ?, गलत प्रचार र चरित्र हत्या गर्नेलाई साइबर क्राइमको मुद्दा किन नचलाउने ?”

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको समयमा भक्तपुरको जगातीबाट कतिपय बाटोमा अलपत्र परेका मजदुरलाई उद्धार गरी घर पठाएको र बनेपासम्मका अलपत्र मजदुरलाई घर पठाउने क्रममा आफू बनेपा पुग्दा डा यादवले जनकपुरको आफ्नै घरमा बोलाएको बस्नेतको भनाइ छ ।रासस

Skip This
Skip This
Logo