जनताका समस्याप्रति सरकार बेखबर रहेको कांग्रेस सहमहामन्त्री महतको आरोप

जनताका समस्याप्रति सरकार बेखबर रहेको कांग्रेस सहमहामन्त्री महतको आरोप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सरकार र प्रधानमन्त्री ओली जनताप्रति उत्तरदायी नभएको आरोप लगाएका छन् । आइतबार संचारमाध्यमहरुमा प्रधानमन्त्री ओलीले कोरोनाबारे दिएका अभिव्यक्तिप्रति टिप्पणी गर्दै सामाजिक संजाल फेसबुक मार्फत महतले यस्तो बताएका हुन् ।

उनले फेसबुकमा स्टाटस लेखेका छन् , प्रधानमन्त्रीद्वारा बैशाख ७ गते सरकारी संचारमाध्यम मार्फत सार्वजनिक अभिव्यक्तिका केही अंशले वर्तमान सरकार र प्रधानमन्त्री जनताले भोगेका चरम कष्ट प्रती कति असंवेदनशिल र बेखर छ भन्ने प्रष्ट गर्दछ । हजारौंको संख्यामा गाँस बासको समस्याले पीडित नागरिकहरु कयौं दिन लगाएर हिडेरै घर जान बाध्य भएको परिस्थिति समेत सरकारी संयन्त्रलाई थाहै नहुनु गैर जिम्मेवारीको पराकाष्ठा हो। त्यसमाथि जनताले भोगेका समस्यालाई संचार माध्यमहरुले सरकारको ध्यानाकर्षण गराउँदा समस्या समाधानतर्फ उन्मुख हुनुको साटो सो सम्बन्धि समाचार रहस्यमय ठान्नु आपत्तिजनक छ । यसले सरकारको सूचना प्रविधि माथिको अविश्वास र प्रेस स्वतन्त्रता माथिको नियन्त्रण नै देखिन्छ ।

स्वास्थ्य सामग्रीको खरिदका बिषयमा समेत प्रधानमन्त्रीले दोषीको छानबिन गरि कार्वाहीको प्रक्रिया आगाडी बढाउने प्रतिबद्धता जनाउनुको बिपरित बचाउमै देखिनु आपत्तिजनक छ ।

जनताका समस्यालाई संचार माध्यमहरुले सरकारको ध्यानाकर्षण गराउँदा सो सम्बन्धि समाचार रहस्यमय ठानेकोप्रति सहमहामन्त्री महतले आपत्ति जनाएका छन् ।

Logo