कांग्रेसको प्रश्न, अहिलेको प्राथमिकता सुकुम्बासीलाई जग्गा कि जाउलो सरकार ?

कांग्रेसको प्रश्न, अहिलेको प्राथमिकता सुकुम्बासीलाई जग्गा कि जाउलो सरकार ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकले सरकारसँग अहिलेको प्राथमिकता सुकुम्बासीलाई जग्गा कि जाउलो भन्दै प्रश्न गरेको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै त्यस्तो प्रश्न गरेका हुन् ।

सरकारले आयोगलाई अरबौं रकम छट्याउन सकेपनि आम नागरिकका लागि राहत उपलब्ध गराउन नसकेको प्रवक्ता शर्माको आरोप छ । ‘गाउँमा रहेका नागरिकको स्थिति पनि कष्टकर बन्दैगएको छ । तिनको हृदयको प्रश्न हामी सरकार समक्ष राख्न चाहन्छौं । अहिलेको प्राथमिकता सुकुम्बासीलाई जग्गा कि जाउलो, सरकार ?’–विज्ञप्तिमा भनिएको छ–‘आयोगलाई अरबौं रुपैयाँ छुट्याउन सकिन्छ तर सुकुम्बासी, श्रमिक, बेरोजगार एवं डेरा बसेका विद्यार्थीका लागि पर्याप्त राहतको व्यवस्थित योजना निर्माण र कार्यान्वयन गर्न किन सकिन्न ?’

त्यस्तै कांग्रेसले लकडाउनपछि पैदलै गाउँ जान बाध्य भएका मजदुरलाई सुरक्षित ढंगले गन्तव्यसम्म र्पुयाउन सरकारसँग माग समेत गरेको छ ।  लकडाउनका कारण अप्ठ्यारोमा परेकालाई पर्याप्त राहत उपलब्ध गराउनुपर्ने अथवा सरकारको पहलमा सुरक्षित ढंगले उनीहरुको गाउँसम्म र्पुयाउने व्यवस्था गर्न उसको माग छ ।

अहिले बसिरहेको ठाउँमा आर्थिक रुपले लामो समय टिक्न सक्ने अवस्था नभएकाले सयौं किलोमिटर पैदल हिँडेर घर गइरहेका नागरिकलाई राज्यको भरथेग चाहिने भन्दै कांग्रेसले पर्याप्त राहतको व्यवस्थित योजना निर्माण र कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

त्यस्तैगरी कांग्रेसले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि परीक्षणको दायरा व्यापक बनाउन पनि सरकारसँग माग गरेको छ । सरकारले जिम्मेवारी एवं जवाफदेहिताको गति नबढाउने हो भने मुलुकमा भयावह स्थिति उत्पन्न हुने कांग्रेसको चेतावनी छ ।

पूरा विज्ञप्तिः 

 

Logo