काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । हामीले चैत ११ गतेदेखि होम क्वारेन्टाइनमा बसेर बुलेटिन प्रस्तुत गर्दै आएका छौँ । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरु मध्येकोरोना भाइरस संक्रमणका कारण अहिले विश्व अर्थतन्त्र निकै संकटग्रस्त बन्दै गएको छ । यतिबेला पर्यटन्, उद्योग, व्यापार, रेमिट्यान्स, कच्चा तेल, शेयर बजार लगायत विभिन्न क्षेत्रहरु नराम्रोसँग प्रभावित भएका छन् । अहिले विश्वका प्रमुख मानिने मुलुकको शेयर कारोबारमा नराम्रोसँग गिरावट आएको छ ।
त्यस्तै चैत्र शुक्ल पूर्णिमाको राति मंगलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मंगल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ । गएराति चन्द्रमाको बीचमा पहेँलो, किनारमा गुलाबी र निलो रंग एकैसाथ देखिएको थियो ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको अवधिमा करिब दुई दर्जन अन्तर्राष्ट्रिय उडान भएका छन् । चैत १० देखि २६ गतेसम्म विभिन्न अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक कम्पनीले १९ वटा अन्तर्राष्ट्रिय उडान गरेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यी सबै उडान चार्टर्ड र केही कार्गो हुन् ।
त्यस्तैगरी लकडाउनको समयमा राहत बाँड्ने नाममा फोटो र भिडियो बनाउँदै सामाजिक सञ्जालमा राख्ने प्रवृती बढ्न थालेपछि सरकारले त्यस्तो नगर्न आग्रह गरेको छ । राहत दिने नाममा विपन्न वर्गको मजाक भएको भन्दै चर्को आलोचना हुन थालेपछि सरकारले त्यस्तो निर्देशन दिएको हो ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर एकैसाथ लकडाउनको घोषणा गरेसँगै यसको प्रत्यक्ष असर कृषक र उपभोक्तालाई परेको छ । भरपर्दाे वितरण प्रणाली नहुँदा एकातिर कृषकहरुको खेतवारीमा तरकारी कुहिन थालेको छ भने अर्कोतिर उपभोक्ताहरु महंगो मूल्यमा किन्न बाध्य भएका छन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला































प्रतिक्रिया