कोरोना भाइरस सम्बन्धी योजना कार्यान्वयनमा ध्यान दिन राप्रपाको आग्रह

कोरोना भाइरस सम्बन्धी योजना कार्यान्वयनमा ध्यान दिन राप्रपाको आग्रह


काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नोवेल कोरोना (कोभिड १९) भाइरस नियन्त्रण तथा सचेतना अभियानको कार्यान्वयनमा ध्यान दिन सरकारसँग आग्रह गरेको छ । सरकारले हालसम्म गरेका कार्य र प्रयास सही भएको र व्यवस्थापकीय कार्य क्षमता तथा कार्यशैलीमा सुधार गर्न राप्रपाले सुझाव दिएको हो।

लकडाउनको अवधि बढाउने सरकारको निर्णयलाई सकारात्मकरूपमा लिएको जनाउँदै राप्रपाद्वारा मंगलबार जारी विज्ञप्तिमा अझ अनुशासित एवं मर्यादित ढंगले सफल तुल्याउन सम्पूर्ण नेपालीसमक्ष अनुरोधसमेत गरेको छ ।

कोरोना प्रकोप नियन्त्रण तथा राहत व्यवस्थापन कार्यमा प्रदेश र स्थानीय तहका सरकारलाई थप र स्पष्ट जिम्मेवारी दिन तथा आवश्यक साधन स्रोत उपलब्ध गराउन पनि सो पार्टीले आग्रह गरेको छ ।

‘स्थितिलाई अनियन्त्रित एवं विस्फोटक हुनबाट रोक्न सरकारले अविलम्ब थप परीक्षण प्रयोगशाला स्थापना गरी आवश्यक दक्ष प्राविधिक जनशक्ति परिचालन गनुर्छ’–विज्ञप्तिमा भनिएको छ । विशेषगरी सुदूरपश्चिम प्रदेशलाई उच्च प्राथमिकतामा राख्न राप्रपाले सरकारसँग आग्रह गरेको छ । –रासस

Logo