कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणमा कांग्रेस सक्रिय

कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणमा कांग्रेस सक्रिय

केन्द्रबिन्दु
0
Shares

पोखरा ।
विश्वव्यापी महामारीका रुपमा बढिरहेको कोरोना भाइरस सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाली कांग्रेस कास्कीले मातहतका इकाईलाई सक्रिय बनाएको छ । पार्टीले जिल्लाका सबै नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गर्दै जिल्ला समिति मातहतका सबै इकाईलाई सक्रिय बनाएको पार्टीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

जिल्ला समितिको निर्देशनअनुसार प्रत्येक एकाइले आ–आफ्ना तर्फबाट आवश्यक सहयोगमा जुटीरहेको उनले बताए। यसैबीच नेपाली कांग्रेस माछापुच्छ्रे गाउँपालिका समिति कास्कीले गाउँपालिकाभित्र कोरोना भाइरसको सङ्क्रमणबाट नागरिकलाई जोगाउने लक्ष्यका साथ ‘ब्लिचिङ’ पाउडरको झोल छर्केको छ ।

पार्टीका स्थानीय नेता तथा कार्यकर्ताको सहभागितामा गाउँपालिकाका नौ वटै वडामा ब्लिचिङ पाउडरको झोल छर्कने काम गरिरहेको नेपाली कांग्रेस कास्कीका जिल्ला सदस्य विष्णुबहादुर क्षेत्रीले जानकारी दिए । ‘शुक्रबारदेखि गाउँपालिका–२ सार्दीखोलाबाट सुरु गरिएको ब्लिचिङ पाउडरको झोल छर्कने कार्य आज वडा नं ७ धम्पुसबाट सकिँदैछ’–उनले भने–‘हामीले सँगसँगै सचेतनामुलक कार्यक्रम पनि अघि बढाएका छौँ, सचेतनाका लागि पार्टीका नेता तथा कार्यकर्ताको परिचालन एवम् सामाजिक सञ्जालको भरपुर उपयोग गरिएको छ ।’

आगामी दिनमा कोरोना विरुद्धको संघर्षमा पार्टीलाई संगठित गर्दै अघि बढ्ने बताउँदै उनले यस विषम परिस्थितिमा आँफू पनि बाँच्ने र अरुलाई पनि बँचाउने अभियानमा जुट्नुको विकल्प नभएको बताए । –रासस

Skip This
Skip This
Logo