काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) ले नोवेल कोरोना (कोभिड–१९) भाइरस प्रकोप नियन्त्रण गर्न सरकारले गठन गरेको विशेष कोषमा पाँच लाख उपलब्ध गराउने निर्णय गरेको छ ।
मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै राप्रपाले सो रकम उपलब्ध गराउने उल्लेख गरेको छ ।
पार्टी कोषध्यक्ष चन्द्रबहादुर गुरुङ र गणेश चन्दद्धार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ–‘कोरोना भाइरसको प्रकोपलाई सामना गर्न नेपाल सरकारले गठन गरेको कोभिड –१९ विशेष कोषमा राष्ट्रिय प्रजातन्त्र पार्टीले रु पाँच लाख उपलब्ध गराउने निर्णय गरेको छ ।’





























प्रतिक्रिया