काठमाडौं ।
भारत र पाकिस्तानको आन्तरिक विवादका कारण निश्क्रिय बन्दै गएको सार्क कोरोना भाइरसका कारण सक्रिय भएको प्रधानमन्त्रीका वैदेशिक मामिला सल्लाहकार डा. राजन भट्टराईले बताएका छन् ।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै डा. भट्टराईले सो कुरा बताएका हुन् । सन् २०१४ देखि निश्क्रिय बन्दै गएको सार्कको भविश्य नोवेल कोरोना (कोभिड १९) भाइरसका रोकथामका लागि आयोजना गरिएको भिडियो कन्फ्रेन्सले सुनिश्चित बनाएको उनको भनाइ छ ।
उनले भने–‘ सन् २०१४ बाट निश्क्रिय बन्दै गएको सार्क कोरोना भाइरसका कारण सक्रिय बनेको छ । जसले गर्दा सार्क राष्ट्रका राष्ट्राध्यक्ष एकै ठाउँमा उभिएर कोरोना भाइरस नियन्त्रणका लागि अनुभव साटासाट भयो । अब यसको भविश्य सुनिश्चित छ ।’ डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सकको सल्लाह अनुसार नै नियमित कार्य गर्दै आएको बताए ।
उनले मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओली नियमित चिकित्सकको निगरानीमा रहेकाले निश्चित दूरी कायम गरेर भेटघाट गरेको बताए । सार्क राष्ट्रबीच गरिएको भिडियो कन्फ्रेन्स छलफल पनि चिकित्सकको सल्लाह अनुसार नै भएको उनको भनाइ छ ।





























प्रतिक्रिया